×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बायर्नविरुद्ध खेल्दै पीएसजी, टोलीमा फर्किए मेस्सी र एमबाप्पे

बायर्नविरुद्ध खेल्दै पीएसजी, टोलीमा फर्किए मेस्सी र एमबाप्पे

काठमाडाैँ- युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । आज राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदान पार्क डे प्रिन्सेसमा बायर्न म्युनिखको सामना गर्नेछ । 

घाइते फरवार्डद्वय किलीयन एमबाप्पे र लिओनेल मेस्सी टोलीमा समावेश भएका छन् । फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पे खेलका लागि उपलब्ध नहुने सम्भावना थियो । तर क्लबले खेलको अघिल्लो दिन घोषणा गरेको टोलीमा उनलाई समावेश गरेको छ ।

फ्रेन्च कपमा मार्सेविरुद्ध हार बेहोरेपछि अब लिग र च्याम्पियन्स लिग पिएसजीको लागि अपरिहार्य उपाधि देखिन्छ । पीएसजीविरुद्ध भिड्दा बायर्नको लक्ष्य पनि जितबाहेक अर्को हुनेछैन । च्याम्पियन्स लिगमा भर्खर प्रिक्वार्टरफाइनलका खेल हुन लागे पनि बायर्नको नजर उपाधिमाथि छ ।

प्रतिकृया दिनुहोस्