गोठमा थुनिएका ८ वर्षीय बालकको प्रहरीले गर्यो उद्धार
जेठ ८, २०८२काठमाडौं - धनकुटामा प्रहरीले बुधबार ८ वर्षीय बालक सुहाङ लिम्बूको उद्धार गरेको छ। छथरजोरपाटी गाउँपालिकामा उनलाई दुई महिनादेखि बाँसको टाटीले बारेर बनाइएको गोठमा राखिएको थियो। प्रहरीका अनुसार, बालकको मानसिक सन्तुलन ठीक नभएको र आफूहरू काममा जाँदा सुरक्षाका लागि त्यसो गरेको परिवारले बताएको छ। आर्थिक अवस्था कमजोर भएका र चेतनाको कमीले उनीहरूले छोरालाई अस्पताल नलगी धामीझाँक्रीमा विश्वास गरेका थ
सबै पढ्नुहोस