काठमाडौँ - म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैँ धमाका २०८१’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले आकर्षक उपहार जितेका छन्।
विशेष पुरस्कारयुक्त क्यान खरिद गरी खोल्दा बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई (Yamaha FZ FI) मोटरसाइकल जित्न सफल भएका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर (Yamaha Ray ZR) स्कुटर जितेका छन्। दशैँको अवसरमा सोचेभन्दा ठूलो सरप्राइज उपहार पाएपछि विजेताहरूमा खुसीको सीमा रहेन।
दशैँलाई थप रोमाञ्चक र विशेष बनाउन ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक कार्यक्रममार्फत यो योजना सार्वजनिक गरिएको थियो। यस अभियानअन्तर्गत अझै पनि १८ जनाले मोटरसाइकल, १८ जनाले स्कुटर र १ जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप प्रोटोन कार (Proton Car) जित्ने अवसर बाँकी नै रहेको कम्पनीले जनाएको छ।