×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालकै पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा

नेपालकै पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा

काठमाडौं - नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने कारखाना सञ्चालनमा आएको छ। रुपन्देहीको शुद्धोधन-४ मा फर्स्ट चोइस फुड्स प्रा. लि. ले रु. १ अर्ब ५० करोड (डेढ अर्ब) को लगानीमा उक्त उद्योग स्थापना गरेको हो।

कम्पनीको कुल लगानीमा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी रहेको छ। ५ बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगको प्लान्ट ६०,००० वर्ग फिटमा निर्माण गरिएको छ। कारखानाले उत्पादनका लागि युरोपेली प्रशोधन प्रविधि जडान गरेको छ।

सञ्चालनमा आएको केवल तीन महिनामै उद्योगले १० कन्टेनर फ्रेन्च फ्राइज भारत निर्यात गरिसकेको छ। दैनिक ३०,००० देखि ४०,००० किलोग्राम उत्पादन क्षमता रहेको यस कारखानामा हाल २०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

फ्रेन्च फ्राइजका साथै उद्योगले आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन्स जस्ता अन्य उत्पादनहरू पनि बजारमा ल्याएको छ। यो उद्योग विश्वव्यापी खाद्य सुरक्षा र गुणस्तरको मापदण्ड पूरा गर्ने नेपालकै पहिलो BRCGS-प्रमाणित खाद्य प्लान्ट पनि बन्न सफल भएको छ।

प्रतिकृया दिनुहोस्