हामी पनि देउवालाई विश्वासको मत दिन सक्छौँ : महन्थ ठाकुर पक्ष
साउन ३, २०७८जनता समाजवादी पार्टी (जसपा), नेपालको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने करिब निश्चित भएको छ । संसद् भवनबाट सांसद चन्दा चौधरीले भनिन्— ‘अहिले प्रधानमन्त्रीजी र हाम्रो अध्यक्ष महन्थ ठाकुरजीबीच कुराकानी भइरहेको छ । अघि चाहिँ अध्यक्षज्यूले हामीले पनि दिउँ भनेर भन्नुभएको थियो । अन्तिम कुरा भइसकेको छैन । हामीले पनि दिन सक्छौँ ।’
सबै पढ्नुहोस