×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रेष्ठको संयोजकत्वमा युथफोर्सको ११०१ सदस्यीय उपत्यका कमाण्ड घोषणा

श्रेष्ठको संयोजकत्वमा युथफोर्सको ११०१ सदस्यीय उपत्यका कमाण्ड घोषणा

काठमाडौ -  नेकपा एमाले ओली समुहले हालै ब्युँताएको आफ्नो युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ।
शनिबार कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो।
महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको हो।
युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्नै महासचिव पोखरेलले जन्म जसरी भएको थियो, त्यसरी नै पार्टीका राजनीतिक कार्यक्रम र जनतासँग जोडिएर काम गर्न निर्देशन दिए।

प्रतिकृया दिनुहोस्