×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेसको वडा अधिवेशन स्थगित

कांग्रेसको वडा अधिवेशन स्थगित

कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार वडा अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो । शनिबार (आज) बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ प्रवक्ता शर्माले भने- ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

प्रतिकृया दिनुहोस्