सरेको सर्यै मौद्रिक नीति, शुक्रबार पनि नआउने
साउन ७, २०७८नयाँ मौद्रिक नीति शुक्रबार पनि नआउने निश्चित भएको छ । यसअघि सरकार परिवर्तन भएसँगै शुक्रबारसम्ममा मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मकालु खबरलाई बताएका थिए । तर, नवगठित सरकारका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले ‘केही समय पर्खनुस्’ भनेपछि दोस्रो पटक तय गरिएको मितिमा पनि मौद्रिक नीति नआउने भएको राष्ट्र बैंकका अधिकारीले जानकारी दिएका छन् ।
सबै पढ्नुहोस