जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलका नेतामा उपेन्द्र यादव चयन भएका छन् । शनिबार (आज) बसेको जसपा संसदीय दलको बैठकले दलको नेतामा यादवलाई सर्वसम्मतिले चयन गरेको नेतृ रेनुकुमारी यादवले जानकारी दिइन् । ‘आजकै बैठकले उहाँ (यादव)लाई दलको नेतामा चयन गरेको हो,’ नेतृ यादवले भनिन्- ‘सर्वसम्मतिले उहाँ बन्नुभएको हो ।’
बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई दलका नेता प्रस्ताव गरेका थिए भने नेता महेन्द्रराय यादवले समर्थन गरेका थिए । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।