नेपाली कांग्रेसका नेता प्रदीप गिरीले वर्तमान सरकारलाई सर्वोच्चको दुई फैसलामा नरमाउन आग्रह गरेका छन् । शुक्रबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा भाग लिँदै नेता गिरीले यस्तो बताएका हुन् । मुलुकमा नागरिक आन्दोलन तातिरहेको भन्दै नेता गिरीले भने- ‘वर्तमान सरकारमा मुलुकका ठूला पार्टीका नेताहरु हुनुहुन्छ ।
प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायतका नेताहरु हुनुहुन्छ । म भन्छु, यो सरकार सर्वोच्चको दुई फैसलासँग नरमाओस् । सरकारलाई कसरी जनमुखी बनाउने ? यो भनेको प्रधानमन्त्री शेरबहादुजीको काम हो ।’यस्तै नेता गिरीले ‘विगत १० वर्ष कसरी बितेको थियो ?’ भनेर प्रश्न गरेका छन् ।