प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको शपथ
असार २९, २०७८नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्री नियुक्तिको व्यहोरालाई सच्याएपछि नवनियुक्त प्रधानमन्त्री देउवा शपथ लिन राजी भएका हुन् ।
सबै पढ्नुहोस