प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण वितरण सम्बन्धमा छलफल गर्ने तयारी गरिएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ ।