रविसँग हर्कको अपेक्षा- अब गुण्डाराज खत्तम होस्
पुस १२, २०७९काठमाडाैँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनिर्वाचित गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताए । ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्युलाई,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’
सबै पढ्नुहोस