×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कलाकारले कँहा र कसरी मनाउँदै छन् तिहार ?

कलाकारले कँहा र कसरी मनाउँदै छन् तिहार ?

काठमाडौं- हामी नेपालीहरूको दसैँपछिको ठुलो चाड हो तिहार । तिहार सबैलाई मनपर्ने चाड हो । फूलैफूलको चाड तिहार सुरु भइसकेको छ ।  गाउँघर देखी सहर बजारसम्म पनि झिलिमिली हुने भएकाले यो पर्व सबैलाई मन पर्ने गर्दछ । देउसी भैलोको रौनकले तिहारलाई झनै महत्त्वपूर्ण बनाइदिएको छ । दिदी भाइ तथा दाजु बहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवर्द्धन पूजाका साथै भाइटिकामा दिदीबहिनीसँग टीका, आशीर्वाद तथा शुभकामना लिने गरिन्छ । तिहार दाजुभाइ र दिदीबहिनी बिचको प्रेमको पर्व पनि हो ।

यो पर्वमा घर झिलिमिली बत्ती र धेरै थरीका फूलले सिँगार्ने गरिन्छ । सहर बजार पनि बत्ती, फूल, मिठाई र मसलाको परिकारले सिँगारिएका देख्न सकिन्छ । महत्त्वपूर्ण अवसरमा कलाकारहरूले के गर्दैछन् ? कँहा र कसरी तिहार मनाउँदै छन् भन्ने चासो सबैको हुँन सक्छ । यसै विषयलाई मध्यनजर गर्दै  केही कलाकारको तिहारको योजनाका विषयमा इन्द्रेणी टाइम्सले गरेको कुराकानी :

अभिनेत्री सञ्चिता लुइँटेल- तिहार स्पेसल बनाउनको लागी  ‘जस्ट प्लान’ मात्र भइरहेको छ अब भने तयारी नै हो । हाम्रो दाजुभाइ हुनुहुन्न यसैपनि हामी तिन दिदीबहिनीले एकअर्कोलाई टिका लगाछौं तर विडम्बना यसपालि भने त्यो पनि सम्भव भएन सबै जना विदेशमा हुनुहुन्छ टिका पनि भिडियो कलमानै होला जस्तो छ तर पनि तिहारको माहोलले मलाइ चाहिँ एकदमै खुसी मिलिरहेको छ । मेरो टिका नभए पनि मेरो छोरा छोरीले टिका लगाउँछन् म त्यसमा पनि खुसी मनाउँछु । तिहार भन्ने बित्तिकै  घर सफा गर्ने सजाउने , लक्ष्मी भित्राउने , देउसी भइलो खेल्ने , सेल बनाउने परिवार भेटघाट गर्ने यो सब सोचेर म कहिले आफनो घर पुगौँ भइसके ।’

अभिनेत्री वर्षा सिवाकोटी – वर्षा सिवाकोटी पनि तिहारको माहोललाइ लिएर उत्साहित भएको बताउँछिन् । वर्षमा एकचोटी आउने चार्ड तिहार झिलिमिली बत्ती , फुलमाला पुरै सहर नै ‘लाइट र सजावटले भरिपूर्ण,आफन्तसङको भेट , देउसी भइलो सम्झिँदा पनि निकै खुसी लाग्छ । तर अहिले भन्दा पनि आफनो बाल्यावस्थाको पर्वहरू चाहिँ निकै स्मरणीय रहिरहने सिवाकोटी बताउँछिन् ।

अभिनेत्री बेनिशा हमाल –  यसपालिको मेरो तिहार चितवनमा नै हुन्छ । मेरो भाइ त एउटा मात्र छ तर आफन्त दाजुभाइहरू गरेर ५ / ६ जना हुनुहुन्छ । मलाइ तिहार भन्ने बित्तिकै झिलिमिली , लक्ष्मी पूजा, देउसी भइलो यही मलाई स्पेसल लाग्छ । हरेक चाडपर्वको अनुभव उमेरसङै फरक हुन्छ नै । सानो हुँदा जुन खुसी लिन्थ्यौ अहिले त्यति खुसी पाइदैन् त्यही हो ।” 

गायक शिव परियार– चाडपर्वका बेला परिवारसँगै खुसी साटासाट हुने भएकाले तिहार गायक शिव परियारलाई रमाइलो लाग्छ । धनकी देवी लक्ष्मीको अनुष्ठान गर्ने प्रचलन तिहारको राम्रो पक्ष भएको उनको बुझाइ छ । झिलिमिली बत्तीको लहरले गाउँशहर नै उज्यालो हुने र सांस्कृतिक पर्व देउँसीभैलोले भाइचाराको सम्बन्ध गाँस्ने हुँदा तिहार उनलाई मनपर्छ । चाडपर्व हो भन्दै जुवातास खेल्ने र झैझगडा गर्ने क्रियाकलाप मन नपर्ने उनी बताउँछन् । राम्रो स०ग संस्कृति र संस्कारलाई अगाडी लैजान पर्ने उनको भनाइ छ ।

अभिनेत्री अनु शाह –  तिहार रमाइलो पर्व हो । मेरो मनपर्ने चाड पनि । तिहारमा जताततै झिलिमिली उज्यालो हुने र लक्ष्मीपूजा र भाइपूजा हुने भएकाले पनि मनपर्छ । मलाइ चाहिँ विशेष गरेर तिहारमा घरमा नै मम्मीले सेलरोटी बनाउने गर्नुहुन्छ त्यो सारै मनपर्छ दियो बाल्न, घर सजाउन निकै रमाइलो लाग्छ । देउसी भैलो घरमा आएको रमाइलो लाग्छ । सानो हुँदा झन् धेरै रमाइलो हुन्थ्यो साथीभाइ देउसी भइलो खेल्ने पिङ खेल्ने अब अहिले त ठुलो भयौँ बच्पना देखाउन मन नलाग्ने त्यही हो ।

गायिका एलिना चौहान  – म यसपालि पनि तिहारमा घर जान्छु । मलाई त तिहार भन्ने बित्तिकै घर झिलिमिली बनाउने सेल बनाउने देउसी भइलो खेल्ने सारै मन पर्छ मलाइ घर जान मन छ तर अहिले भने सुटको कारणले गर्दा जान भ्याएको छैन तर टिकाको दिन सम्म चाहिँ म पुग्छु । अहिलेको भन्दा बाल्यअबस्थाको धेरै याद आउँछ । कुकुर तिहार , काग तिहार लक्ष्मी पूजा भाइटिका कहिले भन्दै दिन गनेर बस्ने गरिन्थ्यो । घर घरमा गएर देउसी भइलो खेल्नुको मज्जा पनि बेग्लै थियो अहिले त्यस्तो हुदैँंन । घरबाट उपहारको डिमान्ड आइसक्यो । मेरो त आफनो र ठुलोबुवाको छोराहरू गरेर ६ जना हुनुहुन्छ सबैजनालाई टिसर्ट लगिदिन्छु ।

 

प्रतिकृया दिनुहोस्