काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु जाति इमान र निष्ठाको प्रतिकको रुपमा रहेका बताएका छन् । गुरुङहरुको पर्व तमु ल्होसार २०७९ को अवसरमा टुँडिखेलमा आयोजना गरिएको समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल बहुजाती, बहुभाषाले युक्त नेपाल विविधातामुलक मुलुक भएको बताए । तमुजस्ता धेरै जातजातिको पहिचानले नेपालले अन्तर्राष्ट्रिय स्तरमा विविधतायुक्त मुलुकको छवी बनाएको बताए ।
बाग वर्गको विदाई र बिरालो वर्गको स्वागतमा उक्त कार्यक्रमको गरिएको हो ।
प्रधानमन्त्री दाहालले बिसं. २०६२÷६३ को आन्दोलनपछि यो पर्वमा विदा दिन थालको बताए ।
‘बुद्धिष्ट समुदायले बढी उत्साहतका साथ मनाउने गरेको पर्व ल्होसार हो,’ उनले भने, ‘तर, बुद्ध जन्मिनुअघि नै नेपालमा तमुहरुले ल्होसार मनाउँदै आएका छन् । चीन, तिब्बत र भोटमा मनाउनुभन्दा अघिदेखि नै यो पर्व नेपालका तमुहरुले मनाएको पाइन्छ ।’