गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्छौँ : गृहमन्त्री लामिछाने
माघ ४, २०७९काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् । बुधबार सिंहदरवारमा गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा उनले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको बताए । अब गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न मन्त्रालय सक्षम रहेको उनको भनाइ छ ।
सबै पढ्नुहोस