×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले बाँडीचुँडी खाने पार्टी होइन : ओली

एमाले बाँडीचुँडी खाने पार्टी होइन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौँमा भएको कार्यक्रममा अरु दलहरूले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको आरोप लगाउँदै ओलीले उनीहरूको देखासिकी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उनले निर्देशन दिए । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए ।

सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरू ह्वात्त माथि आएको भन्दै उनले उनीहरूको राजनीति अस्थायी रहेको बताए ।

प्रतिकृया दिनुहोस्