×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनकपुर–अयोध्या सीधा रेल सेवाको तयारी तीव्र: प्रधानमन्त्री बालेन र मोदीले संयुक्त उद्घाटन गर्ने सम्भावना

जनकपुर–अयोध्या सीधा रेल सेवाको तयारी तीव्र: प्रधानमन्त्री बालेन र मोदीले संयुक्त उद्घाटन गर्ने सम्भावना

जनकपुर–अयोध्या रेल सेवा सञ्चालनका लागि नेपाल र भारत सरकारले तयारी तीव्र गरेका छन् । यस सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

विशेषगरी मिथिला र अवध क्षेत्रबीचको ऐतिहासिक सम्बन्धलाई रेल सेवाले थप जोड्ने विश्वास छ । जनकपुरस्थित जानकी मन्दिर र भारतको अयोध्यास्थित राम मन्दिरबीच धार्मिक पर्यटनको नयाँ सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ ।

रेल सेवा सञ्चालनअघि ट्र्याकको सुरक्षा, रेल्वे संरचनाको मर्मतसम्भार, यात्रु सुविधा, सुरक्षा व्यवस्था, टिकट तथा जाँच प्रक्रियालगायत प्राविधिक विषयमा दुवै देशका अधिकारीबीच छलफल भइरहेको छ ।

जनकपुर–अयोध्या रेल सेवा सञ्चालनमा आएपछि मिथिला क्षेत्रबाट अयोध्यासम्म सीधा रेल सम्पर्क स्थापित हुनेछ । यसले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाल र भारतबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत योगदान पुग्नेछ ।

रेलवे स्रोतका अनुसार निरीक्षणबाट प्राप्त जानकारीका आधारमा रेलखण्डको प्राविधिक अवस्था मूल्यांकन गरी प्रस्तावित जनकपुर–अयोध्या रेल सेवा सञ्चालनमा आउन सक्ने सम्भावित समस्याको पहिचान गरिनेछ ।

यसैबीच, यही महिना दिल्लीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । भेटका क्रममा दुवै प्रधानमन्त्रीले जनकपुर–अयोध्या रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने सम्भावना रहेको जनाइएको छ ।

 #JanakpurAyodhyaRail #NepalIndiaRelations #BalenShah #NarendraModi
 

प्रतिकृया दिनुहोस्