×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्यायो : विश्वप्रकाश शर्मा

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्यायो : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवनअगाडि दिउँसै आगो लगाएर प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् ।

बुधबार मध्यान्ह सामाजिक सञ्चालनमार्फत काँग्रेस महामन्त्री शर्माले दुखी बनेर र श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने बताए ।

उनले लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ १ दुखी बनेर,श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति मिल्दैन ।’

नीति बदलिएर नपुगेको भन्दै थिती बसाल्दै नियति बदल्ने सङ्कल्प, कार्य योजना र जोड जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘नीति बदलिएर पुगेन, थिती बसाल्दै नियति बदल्ने सङ्कल्प, कार्य योजना र जोड जरुरी छ । उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ।’

प्रतिकृया दिनुहोस्