काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘क्यान्डिडेट क्लब समिति’ विस्तार गर्नुका साथै छनोटका महत्त्वपूर्ण मापदण्डहरूमाथि छलफल अघि बढाएको छ।
पार्टीको क्यान्डिडेट क्लब समितिका संयोजकको सिफारिसमा ६ सदस्यीय समिति मनोनित गरिएको हो।
क्यान्डिडेट क्लब समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरू : १. कविन्द्र बुर्लाकोटी – संयोजक २. डा. नमिता यादव – सदस्य ३. सुलभ खरेल – सदस्य ४. हिमेश पन्त – सदस्य ५. शिव यादव – सदस्य ६. पारसमणि गेलाल – सदस्य
उम्मेदवार छनोट प्रक्रियाका तीन मुख्य एजेन्डा समितिको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा योग्य उम्मेदवार छनोट गर्न देहायका विषयहरूमा गहन छलफल गरेको छ :
रास्वपाले पार्टीभित्रका आकांक्षीसँगै बाह्य क्षेत्रका सक्षम व्यक्तिहरूलाई समेत स्थानीय नेतृत्वमा ल्याउने उद्देश्यले ‘ल्याटेरल इन्ट्री’ र आन्तरिक शुद्धीकरणका लागि ‘दाबी–विरोध’ को अभ्यासलाई संस्थागत गर्न लागेको हो।