बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई 'निजी भ्रमणजस्तै' भएको टिप्पणी गर्दै त्यसलाई राजकीय वा राष्ट्रिय भ्रमण भन्न नमिल्ने बताएका छन्।
भ्रमणका क्रममा राष्ट्रहितका महत्त्वपूर्ण एजेन्डा नउठेको दाबी गर्दै उनले तल्लो अरुण जलविद्युत् आयोजना, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन र भैरहवा विमानस्थलको एयर रुटजस्ता विषय जोडदार रूपमा नउठाइएको बताए। साथै, भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री तथा विज्ञहरूसँग आवश्यक परामर्श नगरिएको भन्दै उनले असन्तुष्टि जनाए।
#KPOli #BalenShah #NepalIndiaRelations