×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोगद्वारा कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक

निर्वाचन आयोगद्वारा कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। आयोगले आज नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरी आधिकारिक पत्रसमेत प्रदान गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको कांग्रेसको १५औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई आयोगले स्वीकार गरेको हो। यसअघि विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले आयोजना गरेको १५औँ महाधिवेशनलाई नै आयोगले वैधानिकता दिएको छ।

देउवा समूहको कार्यतालिका अस्वीकार, सर्वोच्चमा मुद्दा विचाराधीन यसअघि पूर्वसभापति शेरबहादुर देउवा समूहले आफूहरूले आगामी मंसिर २१ गते महाधिवेशन गर्ने भन्दै निर्वाचन आयोगमा कार्यतालिकासहितको पत्र बुझाएको थियो। तर, आयोगले देउवा समूहको दाबीलाई अस्वीकार गर्दै गगन नेतृत्वको कार्यसमितिलाई नै मान्यता दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको हो।

निर्वाचन आयोगले कार्यसमितिको विवरण अद्यावधिक गरे तापनि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा भने सर्वोच्च अदालतमा अझै विचाराधीन अवस्थामा रहेको छ।

प्रतिकृया दिनुहोस्