गोरखा । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन्।
गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकस्थित सिउरेनीटारमा बुधबार आयोजित एक विशेष समारोहका बीच सभामुख अर्यालले आयोजना कम्पनीको कार्यालय भवन, आवास गृह तथा पुलको औपचारिक शिलान्यास गरेका हुन्।
उक्त शिलान्यास समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार मन्त्री सुनिल लम्साल तथा गोरखा र धादिङ जिल्लाका संघीय तथा प्रदेश सांसदहरूसहित स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजनाको कार्यालय भवन तथा आवश्यक भौतिक पूर्वाधार निर्माणको सुरुवातसँगै लामो समयदेखि प्रतीक्षामा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।