काठमाडौँ । इनर्जी ड्रिंक ‘एक्स्ट्रिम’ ले आफ्नो स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरू थप गरेको छ। युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरूले अब एउटै ब्रान्डमा एक्स्ट्रिम ऊर्जासँगै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन्।
उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै कम्पनीले पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो। फरक स्वादसँगै आकर्षक नामले पनि यी नयाँ फ्लेभरहरूलाई विशेष बनाएका छन्।
पाँच नयाँ फ्लेभर र तिनका विशेषता :
ग्रिन म्यानियाक (Green Maniac) : ग्रिन एप्पलको स्वाद मन पराउने उपभोक्ताका लागि।
स्रेक अट्याक (Shrek Attack) : मस्कट अङ्गुरको स्वाद रुचाउनेहरूका लागि।
ट्रपिकल पञ्च (Tropical Punch) : ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेहरूका लागि।
रास्प एन्ड फ्युरियस (Rasp & Furious) : रास्पबेरी स्वादका पारखीहरूका लागि।
एक्स्ट्रिम्ली लाइट (Xtremely Light) : हल्का र फरक नयाँ विकल्प रुचाउनेहरूका लागि।
यी पाँच नयाँ फ्लेभरसँगै एक्स्ट्रिमले उपभोक्तालाई आफ्नो रुचिअनुसार स्वाद रोज्ने थप विकल्प दिएको छ। फरक स्वाद, आकर्षक नाम र विविध रोजाइको संयोजनले नयाँ उत्पादनलाई उपभोक्तामाझ थप रुचिकर बनाउने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो र पाँचै फरक स्वादका ड्रिंक्सहरूको बिक्री–वितरणसमेत सुरु भइसकेको छ। उपभोक्ताको रुचि र माग समयसँगै बदलिँदै गएको अवस्थामा एक्स्ट्रिमले पनि आफ्नो उत्पादनको दायरा फराकिलो बनाएको हो। कम्पनीले स्वादमा विविधता थप्दै उपभोक्ताको बदलिँदो रोजाइलाई भविष्यमा पनि सम्बोधन गर्ने लक्ष्य राखेको छ