प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि विराटनगरमा प्रदर्शन
भदौ २१, २०७८विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् । लागूऔषध गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको हिरासतमा मृत्यु भएपछि सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।शुक्रबार गाँजासहित पक्राउ परेका कामतको आइतबार दिउँसो मृत्यु भएको थियो ।
सबै पढ्नुहोस