×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसद्वारा १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

कांग्रेसद्वारा १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौँ - आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसले महाधिवेशनको आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ। कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको छ।

सार्वजनिक लोगोको माथिल्लो भागमा चारतारे झण्डा, बीचमा अङ्कमा '१५', तल रुख चिन्ह र सबैभन्दा मुनि 'गौरव, गति, गन्तव्य' उल्लेख गरिएको छ। लोगोमा बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा गरी ७ जना शीर्ष नेताहरूको तस्बिर अङ्कित छ। विशेष महाधिवेशनबाट अपदस्थ भएर छुट्टै महाधिवेशनको तयारीमा जुटेका देउवाको तस्बिरसमेत आधिकारिक लोगोमा राखिनुलाई चासोका साथ हेरिएको छ।

प्रतिकृया दिनुहोस्