थप १८ जना काेराेना संक्रमित
चैत ११, २०७८काठमाडाैँ- नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको ज्यान गएको छैन ।
सबै पढ्नुहोस