कोशी प्रदेश नामकरणको अवसरमा प्रदेशभर बिहीबार सार्वजनिक बिदा
फाल्गुण १७, २०७९काठमाडौं - प्रदेश न.१ को नाम कोशी कायम भएपछि प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अब बिहीबार सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।
सबै पढ्नुहोस