काठमाडौं - धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिहीबार सामाजिक सञ्जालमार्फत नगरका प्रमुख साम्पाङले आफूविरुद्ध वडाअध्यक्षहरुको उजुरी दिएको बताएका छन् ।
खानेपानी सहयोग अभियानका कारण उनीविरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको बताइएको छ ।उनले यस विषयमा आफूलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन्।