बिराटनगर - प्रदेश १ को प्रदेशसभामा प्रदेशको नामकरणको विषयमा छलफल भइरहेको छ । एमाले सांसदले राखेको उक्त प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि साथ दिने भएको छ ।
तर, प्रदेशको नाम कोशी राख्न थालिएसँगै त्यसो विरोध पनि भइरहेको छ । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एसका नेता राजेन्द्र राईले प्रदेशको नाम 'हावा प्रदेश' राखौँ भनेर व्यङ्ग्य गरेका छन् । कोशी नदी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नुपर्ने तर्कलाई व्यङ्ग्य गर्दै कोशीभन्दा हावा बढी महत्त्वपूर्ण रहेकोले प्रदेशको नाम हावा प्रदेश राख्नुपर्ने राईको तर्क छ ।
राईले कोशीको सट्टा 'किराँत लिम्बुवान कोशी प्रदेश' राख्न संसोधन प्रस्ताव राखेका थिए । सोही प्रस्ताव मा मन्तव्य दिँदै राईले हावा प्रदेश राख्न व्यङ्ग्य गरेका थिए । तर, राईको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ ।