बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी वितरण सुरु
चैत २०, २०७७काठमाडौं- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले आजबाट बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ। आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।
सबै पढ्नुहोस