×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

साष्टांग प्रणाम केहो ? यसको महत्व के छ ? थाहा पाइ राख्नुहोस

  • IT |
  • चैत २३, २०७७
साष्टांग प्रणाम केहो  ? यसको महत्व के छ ? थाहा पाइ राख्नुहोस

एजेन्सी - हिन्दु धर्ममा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ ।

आठवटा अंगसिहत गरिने प्रणाम भएकाले सा)षंग भनिएको हो । तर यो पुरुषका लागि मात्र विधान गरिएको छ । महिलाका लागि यो वर्जित छ ।

यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन् । धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो ।

महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन ।

एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।

आधुनिक मानिसलाई त यो आसन पुरानो रूढि मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकारत्यागलाई प्रतीक बनाउँछ ।

अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ ।

एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस्