काठमाडाै - कोरोना भाइरसको संक्रमण तीब्र रफ्तारमा बढ्न थालेपछि भारतको नयाँ दिल्लीमा अप्रिल ३१ सम्म रात्रिकालीन कर्फ्युको घोषणा भएको छ । राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश भएको हो । पछिल्लो २४ घन्टामा भारतमा ९६ हजार ९ सय ८२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। भारतमा एकै दिन ४ सय ४६ जनाको मृत्यु भएको छ ।