×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

गर्मीयाममा  चुकन्दरखादा यस्ता हुन्छन फाइदा

  • IT |
  • चैत २१, २०७७
गर्मीयाममा  चुकन्दरखादा यस्ता हुन्छन फाइदा

एजेन्सी -  गर्मीयाममा  चुकन्दर खानु स्वास्थ्यका लागि निकै लाभदायक  हुन्छ । यसले बिग्रिएको छालालाई सफा बनाउने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने लगायतका  काम गर्छ । 
यसका अन्य फाइदाहरु यसप्रकार छन् :

सुन्दर छाला
चुकन्दरमा भिटामिन सी, भिटामिन बी जस्ता तत्व पाइने भएकाले यसले उमेरसँगै देखिने छालाका विभिन्न समस्याहरुबाट बचाउँछ । र छालामा आउने विभिन्न प्रकारका समस्याहरुबाट पनि बचाउँछ ।

उर्जावान
चुकन्दरले शरीरमा रगतको प्रवाह र अक्सिजनको प्रवाह सन्तुलन गर्ने भएकाले यसको जुस सेवन गर्नाले दिनभर ताजा र उर्जावान महसुस गराउँछ । 


पोषक तत्व 
चुकन्दरमा लगभग सबै प्रकारका भिटामिन र मिनरल पाइन्छन् । शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका भिटामिन पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ । चुकन्दरमा पोटाशियम, फोलेट जस्ता पदार्थहरु पनि पाइन्छ । यसका साथै, यसमा हुने नाइ ट्रेट हाम्रो शरीरका लागि अत्यावश्यक तत्व हो । 

मुटु रोगीका लागि 
चुकन्दरको जुस हरेक दिन पिउँदा कार्डियोभास्क्युलरसम्बन्धी रोगहरुको खतराबाट बच्न सकिन्छ । यसमा हुने नाइट्रेट, नाइट्रेट अक्साइडमा परिवर्तन भएर र रक्तनलीहरुलाई सफा गर्ने गर्छ । जसले रक्तचापलाई नियन्त्रण गर्छ । साथै, हृदयघात हुने र  जस्ता खतरा स्ट्रोक कम गर्छ । 

क्यान्सर
चुकन्दरमा हुने बिटालेन्स नामक पदार्थले शरीरमा अस्थिर सेलहरुलाई मार्ने काम गर्छ । चुकन्दरमा हुने एन्टिअक्सिडेन्ट, एन्टिइनफ्लामेन्टरी र पोषक तत्वहरुले क्यान्सरको उपचारमा समेत सहयोग पुर्याउँछ ।

कलेजो र पेटको सफाइ
चुकन्दरले पेट र कलेजोको सफाइ गर्छ । 

मस्तिष्कको काम
चुकन्दरमा हुनेले पदार्थले रगत प्रवाहमा सन्तुलन ल्याउने कारण मस्तिष्कको काम पनि तन्तुरुस्त बनाउँछ । 

तौल
यसमा कुनै पनि प्रकारको क्यालोरी नहुने भएकाले यसले तौललाई नियन्त्रण गर्न पनि मद्दत गर्छ ।  

प्रतिकृया दिनुहोस्