×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त

२४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा २८८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ४ हजार ७१ वटा नमुनाको परीक्षण गरिएकोमा २८८ जनाको नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै २४ घण्टामा १२७ जना संक्रमणमुक्त भएपछि नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको छैन ।

यसअघि बुधबारसम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको थियो । देशभर हाल क्वारेन्टिनमा ८४ जना छन् भने आइसोलेसनमा २६१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्