रत्नपार्कमा वृक्षारोपण गरिदै
जेठ ६, २०८०काठमाडौं- काठमाडौं महानगरपालिकाले आज शंखधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत आज पार्कमा ११५ वटा विरुवा रोपिएका छन् । जसमा कपुर, धुपी र समीका विरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १२० वटा कपुरका विरुवा रोपिएका थिए । सहरी हरियालीका लागि १ लाख विरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको महानगरका प्रमुख बालेन शाहले बताए ।
सबै पढ्नुहोस