×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२ वर्षभित्र कीर्तिपुर र मूलपानी रंगशाला स्तरोन्नती, थप ४ क्रिकेट रंगशाला निर्माण गरिने

२ वर्षभित्र कीर्तिपुर र मूलपानी रंगशाला स्तरोन्नती, थप ४ क्रिकेट रंगशाला निर्माण गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन हुने व्यवस्था गरिने उल्लेख छ।

साथै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्य अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै हरेक विद्यालयमा खेल शिक्षक व्यवस्था गरिने, वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिक तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने कार्यक्रम छ। एक वडा एक खेल मैदान, एक पालिक एक कभर्ड हल निर्माण  गरिने उल्लेख छ।

खेलकुद राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने राष्ट्रपतिले बताए।

अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवं पुरस्कृत गरिने पनि कार्यक्रममा समेटिएको छ।

खेलकुद पूर्वाधारको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागितामा बढाउँदै लगिने तथा खेलकुद पर्यटनको विकास तथा विस्तार हुने खेलकुद पूर्वाधार सार्वजनिक नीजि साझेदारी निर्माण गर्न प्रोत्साहन गरिने राष्ट्रपतिले नीति तथा कार्यक्रममार्फत बताए।

प्रतिकृया दिनुहोस्