×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रत्नपार्कमा वृक्षारोपण गरिदै

रत्नपार्कमा वृक्षारोपण गरिदै

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज शंखधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत आज पार्कमा ११५ वटा विरुवा रोपिएका छन् । जसमा कपुर, धुपी र समीका विरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १२० वटा कपुरका विरुवा रोपिएका थिए ।

सहरी हरियालीका लागि १ लाख विरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको महानगरका प्रमुख बालेन शाहले बताए ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फुल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख शाहको भनाइ छ ।

‘चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट विरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) बोट विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’ प्रमुख शाहले स्पष्ट पारे।

सन् १८०२ एक बर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बैज्ञानिक बुचानन हामील्टनले बोट विरुवाको अध्ययन गरेको थियो । त्यसबाट ४१ प्रजातिका विरुवाको नाम नेवारी लवजमा राखियो ।

अन्तरराष्ट्रिय स्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवाहरु – बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको बैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसीमा, पोडोकार्पस नेरिफोलियस हो ।

यी विरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकोले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्छ ।

वनस्पतिविज्ञ प्रकाश खड्गीकाअनुसार, नेपालमा पाइने १५८ प्रकारका रुख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३१२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् ।

प्रतिकृया दिनुहोस्