राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने
असोज १, २०८०काठमाडौं - राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।
सबै पढ्नुहोस