रास्वपाले इलाम-२ मा उम्मेदवार उठाउने, बझाङ ‘क’मा नउठाउने
फाल्गुण २८, २०८०काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने भएको छ । प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ भने सुदूरपश्चिम प्रदेश सभाका बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क मा भने उम्मेदवार नउठाउने निर्णय गरेको छ ।
सबै पढ्नुहोस