×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जसपाका मन्त्रीहरूको शपथ आज,उपेन्द्र फेरि उप-प्रधानमन्त्री बन्दै

जसपाका मन्त्रीहरूको शपथ आज,उपेन्द्र फेरि उप-प्रधानमन्त्री बन्दै

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)बाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।  पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । 


अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।  साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।  

प्रतिकृया दिनुहोस्