ओलीको गृहनगर दमकमा राप्रपा विजयी
जेठ ६, २०७९काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ। एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी भएका हुन्। थापा कांग्रेस-माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा भने गरिसकेको छैन।
सबै पढ्नुहोस