काठमाडौं- स्थानीय निर्वाचन अन्तर्गत अहिलेसम्म ६४२ वटामा पालिकाको मत गणना सकिएको छ।निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ। नेकपा एमाले दोस्रो तथा नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ। त्यसपछि क्रमश: जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), छन्।
कांग्रेसले २८६ वटा पालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ। यस्तै, एमालेले १७९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। माओवादीले ११२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। जसपाले २० वटा अध्यक्षमा जित निकालिसकेको छ।
एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ। लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन्। अब ११० तहको अन्तिम परिणाम आउन बाँकी छ।