काठमाडौं- यस पटकको स्थानीय तह निर्वाचनमा खोटाङमा नेकपा एमाले खुम्चिएको छ। ०७४ को स्थानीय तह निर्वाचन परिणामको तुलनामा एमाले खुम्चिएको हो। एमालेले यसपटक पहिले जितेका पाँचवटै तह गुमाएको छ।
०७४ मा ५ वटा स्थानीय तहको प्रमुख जितेको एमाले अहिले दुई वटा तहमा खुम्चिएको छ। १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ र माओवादी केन्द्रले २ स्थानीय तहमा जितेको छ। नेकपा माओवादी केन्द्र २०७४ को निर्वाचनमा एक तहमा सीमित थियो।
एमालेले ०७४ मा केपिलासगढी गाउँपालिका, खोटेहाङ, जन्तेढुंगा, दिक्तेल, रावा बेसी गाउँपालिका र रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्व पाएको थियो। यीमध्ये कुनै पनि स्थानीय तहमा यस पटक एमालेले जित हासिल गर्न सकेन। य
सपटक एमालेले ऐसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ। नेपाली कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख जितेको छ। यस्तै, केपिलासगढी, साकेला, रावा बेसी गाउँपालिका, बाराहपोखरी गाउँपालिकामा पनि कांग्रेस विजयी भएको छ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गृहजिल्ला हो। उनकै गृहपालिका खोटेहाङमा माओवादी केन्द्र विजयी भएको छ। खोटेहाङमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो। ०७४ मा खोटाङ्गको स्थानीय तहमा सबैभन्दा ठुलो दल बनेको एमाले अहिले माओवादी केन्द्रसँग बराबरीको हैसियतमा खुम्चिन बाध्य भएको छ। यसपटक एमाले र माओवादी केन्द्रले दुई/दुईवटा गाउँपालिका जितेका छन्। स्थानीय तह जित्ने कांग्रेस ठुलो दल बनेको छ।
ऐसेलुखर्क कांग्रेसबाट एमालेले खोस्यो
ऐसेलुखर्क गाउँपालिकामा यसपटक नेकपा एमालेका उम्मेदवार गीरेन्द्रबहादुर राई निर्वाचित भएका छन्। उनले २ हजार ६०६ मत ल्याएर माओवादी केन्द्रका श्रीबहादुर राईलाई पराजित गरेका छन्। श्रीबहादुरले २ हजार ४८० मत ल्याएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार राजभण्डारी निर्वाचित भए।
राजभण्डारीले ३ हजार १४६ मत ल्याए। ०७४ मा ऐसेलुखर्कमा कांग्रेसका विश्वनाथ निरौला अध्यक्ष निर्वाचित भएका थिए। २ हजार १३१ मत ल्याएर निरौलाले नेकपा एमालेका गृह बहादुर राई (नाछिरिङ)लाई पराजित गरेका थिए। नाछिरिङले १ हजार ७३५ मत ल्याएका थिए। उपाध्यक्षमा नेकपा एमालेकी पुस्पकला भुजेल निर्वाचित निर्वाचित भएकी थिइन्। पुष्पकलाले १ हजार ८९५ मत ल्याइन्।
केपिलासगढीमा समिर दोस्रो प्रयासमा सफल
केपिलासगढी गाउँपालिका नेपाली कांग्रेसले जितेको छ। यसपटक कांग्रेसका समिर राई २ हजार २४४ मत ल्याएर अध्यक्षमा निर्वाचित भए। ०७४ को निर्वाचनमा पराजित समिर यसपटक निर्वाचित भएका हुन्। समिरले नेकपा एकीकृत समाजवादीका माइतिराज राईलाई पराजित गरेका छन्।
माइतिराजले १ हजार ८०८ मत पाए। उपाध्यक्षमा जनता समाजवादी पार्टीका गुरुराज राई निर्वाचित भए। गुरुराजले १ हजार ९८३ मत ल्याए। उनले नेकपा एमालेकी उम्मेदवार मैया सुनवारलाई हराए।
०७४ मा केपिलासगढीमा एमालेका कृष्ण कुमार राई अध्यक्षमा निर्वाचित भएका थिए।
खोटेहाङमा एमालेले माओवादीबाट खोस्यो
खोटेहाङ गाउँपालिका यसपटक नेकपा माओवादी केन्द्रले जितेको छ। माओवादीका उदिमबहादुर राई ३ हजार ७२८ मत सहित अध्यक्षमा निर्वाचित भए। उनले नेकपा एमालेकी उम्मेदवार कविता राईलाई हराए। कविताले ३ हजार ६९० मत पाएकी छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रुपेश राई ३ हजार ७६३ मत सहित निर्वाचित भएका छन्। रुपेशले नेकपा एमालेका उम्मेदवार राजनकुमार बञ्जरालाई पराजित गरे। ०७४ मा नेकपा एमालेका प्रदिप राई अध्यक्षमा निर्वाचित भएका थिए।
जन्तेढुंगा पनि माओवादीले खोस्यो
जन्तेढुंगा गाउँपालिका एमालेको हातबाट नेकपा माओवादी केन्द्रले खोसेको छ। यसपटक माओवादी केन्द्रकी उम्मेदवार अरुणा देवी राई सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइन्। २ हजार ८८१ मत ल्याएर अरुणा देवीले एमालेका उम्मेदवार शंखर बहादुर राईलाई हराइन्। शंखरले २ हजार ५७५ मत पाएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खेमबहादुर खड्का निर्वाचित भए।
उनी अघिल्लो निर्वाचनमा पराजित भएका थिए। खड्काले २ हजार ८०५ मत पाएका छन् । उनले नेकपा एमालेकी विमलाई राईलाई हराए। ०७४ मा एमालेबाट शंखरबहादुर राई जन्तेढुंगाको अध्यक्ष निर्वाचित भएका थिए।
दिप्रुङ चुइचुम्मा कांग्रेसले गुमायो
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नेतृत्व यसपटक कांग्रेसबाट नेकपा एमालेले खोसेको छ। दिप्रुङमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्र राई अध्यक्षमा निर्वाचित भएका छन्। २ हजार ८०३ मत ल्याएका लोकेन्द्रले नेपाली कांग्रेसका नइन्द्र राईलाई हराए। नइन्द्रले २ हजार १६२ मत ल्याएका छन्।
उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार अरुणा थापा निर्वाचित भइन्। अरुणाले २ हजार ७३३ मत ल्याएकी छन्। अरुणाले कांग्रेसकी उम्मेदवार रमा कटुवाललाई पराजित गरिन्। ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका भुपेन्द्र राई अध्यक्षमा निर्वाचित भएका थिए।
बराहपोखरीमा गठबन्धन
बराह पोखरी गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ। सो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शालिकराम बन्जारा निर्वाचित भएका छन्। बन्जराले ३ हजार १८१ मत ल्याएर नेकपा एमालेकी उम्मेदवार गोमा मगरलाई पराजित गरे। गोमाले २ हजार ३३० मत ल्याएकी छन्। उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुबल राज राई निर्वाचित भएका छन्। भुबल राजले नेकपा एमालेका जीवन कुमार राईलाई पराजित गरेका छन्। ०७४ मा पनि कांग्रेसका शालिकराम बन्जरा अध्यक्षमा निर्वाचित भएका थिए।
दिक्तेल रुपाकोट मझुवागढी एमालेले गुमायो
अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका यसपटक गठबन्धनले खोसेको छ। सदरमुकाम रहेको दिक्तेल रुपाकोट मझुवागढीको मेयरमा कांग्रेसका तीर्थराज भट्टराई निर्वाचित भए।
तीर्थराजले ११ हजार ३८९ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी एमालेका कुमार प्रसाद आचार्यलाई पराजित गरे। आचार्यले ६ हजार ९९६ मत पाए। उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विशन राई निर्वाचित भएका छन्। विशनले १० हजार ४४१ मत ल्याएका छन्। विशनले नेकपा एमालेका विणा देवी राईलाई पराजित गरेका हुन्। ०७४ मा सो नगरपालिकाको मेयरमा नेकपा एमालेका दिप नारायण रिजाल निर्वाचित भएका थिए।
रावा बेसी कांग्रेसले खोस्यो
रावा बेसीमा यसपटक नेपाली कांग्रेसका उम्मेदवार फटिक कुमार श्रेष्ठ निर्वाचित भएका छन्। फटिक कुमारले २ हजार ४८९ मत ल्याएर नेकपा एमालेका हरि कुमार पोख्रेललाई पराजित गरे। हरि कुमारले २ हजार ३०३ मत ल्याएका छन्।
उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार कौशिला कुमार गुरुङ निर्वाचित भइन्। कौशिलाले २ हजार २५७ मत ल्याएकी छन्। ०७४ मा सो गाउँपालिकामा नेकपा एमालेका लिलानाथ निरौला निर्वाचित भएका थिए।
साकेलामा कांग्रेसले माओवादीबाट खोस्यो
यसपटक सो गाउँपालिकामा नेपाली कांग्रेसका रवि प्रकाश राई निर्वाचित भएका छन्। उनले १ हजार ८५० मत ल्याएर माओवादी केन्द्रका अर्जुन कुमार खड्कालाई पराजित गरेका हुन्। अर्जुन कुमार खड्काले १ हजार ७७२ मत ल्याएका छन्।
साकेलामा गठबन्धन थिएन। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्सिका राई निर्वाचित भइन्। उनी अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन्। विर्सिकाले २ हजार १२ मत ल्याएकी छन्। उनले नेपाली कांग्रेसकी सरिता खड्कालाई पराजित गरिन्। सरिता अघिल्लो निर्वाचनमा विजयी भएकी थिइन्। ०७४ मा साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुन कुमार खड्का निर्वाचित भएका थिए।
हलेसी तुवाचुङमा कांग्रेस
हलेसी तुवाचुङ नगरपालिकामा गठबन्धन थिएन। गठबन्धन बिना पनि नेपाली कांग्रेसले सो नगरपालिकामा पुरानो नतिजा जोगाएको छ। सो नगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी बिमला राई निर्वाचित भएकी छन्। विमलाले ६ हजार ३१७ मत ल्याउँदै एमालेका खडेन्द्र राईलाई हराइन्।
खडेन्द्र ५ हजार ९६६ मतमा सीमित भएका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका रमेश कुमार राउत निर्वाचित भएका छन्। रमेश कुमारले ५ हजार ९३४ मत पाएका छन्। राउतले नेकपा माओवादी केन्द्रका अमेम्बर राईलाई पराजित गरेका हुन्। ०७४ मा यहाँ कांग्रेसका इवन राई निर्वाचित भएका थिए।