×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपनिर्वाचन आज बिहान ७ बजेदेखि सुरु ६५ उम्मेदवार

उपनिर्वाचन आज बिहान ७ बजेदेखि सुरु  ६५ उम्मेदवार

काठमाडौँ- देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ- १, बारा- २ र चितवन- २ मा उपनिर्वाचन हुन लागेकाे हाे।

निर्वाचन आयाेगका अनुसार उपनिर्वाचनकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे छ। मतदान आज बिहान ७ बजेबाट सुरु भइ बेलुका ५ बजेसम्म हुने आयाेगले जनाएकाे छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन यी निर्वाचन चितवन २, तनहुँ १ र बारा २ क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द व्यवस्थापन गरिएको छ । 

चितवन २, तनहुँ १ र बारा २ मा आज उपनिर्वाचन : ३,५३,२४८ मतदाता रहेका छन्

आयाेगले उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ।

चितवन- २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यस्तै, बारा- २ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यसैगरी, तनहुँ- १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रतिकृया दिनुहोस्