काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फको मतमा नेकपा मओवादी केन्द्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि उछिनेको छ । नेकपा एमालेले कांग्रेसलाई सवा लाख मतले उछिन्दा, रास्वपाले माओवादी केन्द्रलाई उछिनेका हो ।
पछिल्लो विवरणअनुसार एमालेले २४ लाख ७७ हजार ५९० मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ५५ हजार ३८७ मत प्राप्त गरेको छ । हालसम्म ९० लाख ९१ हजार मत गनिसक्दा रास्वपाले १० लाख ४८ हजार ५५३ मत ल्याएको छ भने माओवादीको १० लाख ३७ हजार १५० मत रहेको छ ।
त्यस्तै, चौथो स्थानमा भएको राप्रपाले पाँच लाख ३७ हजार ६२२ मत पाएको छ । जसपाले तीन लाख नौ हजार पाउँदा जनमत पार्टीले दुई लाख ४३ हजार मत ल्याएको छ । त्यस्तै, नेकपा एसले २ लाख ४१ हजार ८४८ मत पाउँदा दुई लाख ३३ हजार मत ल्याएको छ ।