×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

लिग–२ : ओमानविरुद्ध आज मैदान उत्रँदै नेपाल

लिग–२ : ओमानविरुद्ध आज मैदान उत्रँदै नेपाल

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अलअमिरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

शृङ्खलाको पहिलो खेलमा आइतबार क्यानडालाई २४ रनले पराजित गर्दै नेपालले सुखद सुरुआत गरिसकेको छ। उक्त खेलमा कप्तान रोहित पौडेल ले उत्कृष्ट शतकीय पारी (१०१ रन) खेलेका थिए। विश्वकपको शीर्ष–४ को दौडबाट बाहिरिसकेको नेपालका लागि अब एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नु अनिवार्य छ। हाल अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अङ्कका साथ छैटौँ स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अङ्कसहित चौथो स्थानमा रहेको छ। आजको खेल नेपालका लागि अंकतालिकामा सुधार गर्दै मान्यता सुरक्षित राख्ने दृष्टिकोणले अत्यंत महत्त्वपूर्ण मानिएको छ।

प्रतिकृया दिनुहोस्