×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृह मन्त्रालयले गर्‍यो सिडिओको सरूवा र पदस्थापन, को कहाँ हेर्नुहोस ?

गृह मन्त्रालयले गर्‍यो सिडिओको सरूवा र पदस्थापन, को कहाँ हेर्नुहोस ?

काठमाडौं - गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ। अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरूवा र पदस्थापन गरिएको हो। 

सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका  उनीहरूलाई पदस्थापन तथा सरूवा गरेको हो। त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सिडिओ बनाइएको छ। त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका सन्तबहादुर सुनुवारलाई रोल्पाको सिडिओ बनाइएको छ।

त्यस्तै, कञ्चनपुरका सिडिओ गोपाल प्रसाद अर्याललाई डोटीको सिडिओ बनाइएको छ। उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सिडिओ बनाइएको गृहले जनाएको छ।

उता मकवानपुरका सिडिओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सिडिओ बनाइएको छ।

सिराहाका सिडिओ भोजराज खतिवडालाई खोटाङको सिडिओ बनाइएको छ। खतिवडालाइ सुगम तथा दुर्गम हेरेर सरूवा गरिएको गृहले जनाएको छ।

त्यस्तै डोटीकी सिडिओ कल्पना श्रेष्ठलाई सरूवा गरेर नवलपरासीपूर्वको सिडिओ बनाइएको छ। त्यस्तै खोटाङका सिडिओ सूर्य सेढाईंलाई मकवानपुरको सिडिओ बनाइएको छ। उनीहरूलाई पनि सुगम र दुर्गम हेरेर सरूवा गरिएको बताइएको छ। त्यस्तै रोल्पाका सिडिओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएको छ।

त्यस्तै,  कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरूवा गरेको छ भने रामेछापका सहायक सिडिओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरूवा गरेको छ।

त्यस्तै, जाजरकोटका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सिडिओ बनाइएको छ। त्यस्तै काभ्रेको सहायक सिडिओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ।

त्यस्तै काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरूवा गरेको छ। 
 

प्रतिकृया दिनुहोस्