×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

तीजका गीत: मौलिकताले भन्दापनि आधुनिकताले बजार पाएको छ : गायिका पुर्णकला बिसी

तीजका गीत: मौलिकताले भन्दापनि आधुनिकताले बजार पाएको छ : गायिका पुर्णकला बिसी

काठमाडौँ- पछिल्लो समय कोरोना भाइरसले सबै ठाउलाई असर परेको छ । तर सांगीतिक क्षेत्र भने चलायमान नै रहेको छ । चाडपर्वहरु मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइन्छ । तीज नजिकिदै गर्दा बजारमा एक पछि अर्को गीतहरु सार्वजनिक भइरहेको छ । तीजको गीतको मौलिकता र यसको परिवेश कता गए ? यसलाई कसरी जोगाउने ? भन्ने विषयमा नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका पुर्णकला बिसी । उनी गायिका मात्र होइनन् व्यवसायि पनि हुन् । २०६५ साल देखी गायन क्षेत्रमा लागेर आफनो गहकिलो छवि बनाउन सफल उनै गायिका बिसी संग गरिएको कुराकानी : 

सन्चै हुनुहुन्छ, तिजको माहोल कतिको बढ्दै छ ?
सन्चै छु । तीज आउदै छ तर पहिलाको जस्तो तीज छैन् पहिले देश विदेशमा गएर स्टेज तताइनथियो अहिले कोरोना भाइरसको कारणले गर्दा सबै चौपटनै भयो । त्यसैले खासै छैन् ।” आवतजावत त हुदैँ छ तर पनि सुरक्षित हुनुपर्ने कुरा हो 

तीजको माहोलमा कति वटाजति गीत गाउनु भयो ?
अघिल्लो वर्षमा भन्दा अहिले थोरै गाए जम्मा १७/१८ वटा जति गरे । केही आफुले पनि इनभेष्ट गरेको छु । जति गाए सन्तुष्टि मिलेको छ ।

 

कोरोनाको विषयमा पनि गित गाउनु भयो कि ?
मैलै गाए तर एउटा धेरै छैनन् । अब मलाई जस्तो गीत गाउन दिनुहुन्छ मैले त त्यही गाउने हो ।

 

अहिले तीजका गीतहरु भड्किलो बन्दै गएको छ भन्छन् नी ,किन त्यस्तो भएको ?

तीजको गीतहरु भड्किलो बनेका छन् नबनेका होइनन् तर सबै होइनन् केही धेरै जसो गीतहरु राम्रो पनि आएका छन् । कतिपय गीतहरू आफनो परिबारसंग बसेर सुन्न नसकिने खालको पनि छन् । समयसंगै केही कुराहरु परिर्वतन गर्नुपर्छ केही परिवर्तन गीतमा हामीले पनि गरेका छौं तर नराम्रो गीतसंगीत दुईचारवटा छन् त्यस्ता गीतहरुलाई अबका दिनहरुमा नओस भनेर  नियमन गर्नको लागी हामीले केही नियमहरु ल्याएका छौ ।’हामीले लोकदोहोरी प्रतिष्ठानको तर्फबाट अनुरोध समेत गरिरहेको छौँ कतिले अनुरोधलाई मनन गरेर मान्नु भयो भने कतिले आफनो कामलाई निरन्तरता दिइराख्नु भएको छ ।

 

लोक संगितलाई कोरोना चूनौति बन्यो कि अबसर ?

यसमा चुनौती र अबसर दुबै छन् । कोरोना भाइरसले पिरोलीरहेको बेलामा काम कठिन छ जोखिक उत्तिकै छ । अब अवसर पनि छ । फिल्म क्षेत्रलाई जस्तो असर गरेन धेरै नयाँ प्रतिभाहरुले अवसर पाउनुभयो ।

 

तीज मौलिकता र संस्कृति संरक्षण भन्दा पनि फेसन र फेन्सी भयो नि ? मौलिकतालाई जोगाउन के गर्नुपर्छ ?
यो त समय संग चलेको भनेर बुझनपर्छ फेसन र फेन्सी भको छ तर अहिले नेपालीहरुले हरेक चार्डलाई लिएर महत्बपुर्ण उत्साहको साथ मनाउनु हुन्छ । अब तीजलाई “फेसन र फेन्सीको रुपमा मात्र लिने हो भने त जनैपुर्णिमा पनि त हाम्रो पर्व होइन नि यो अहिले हामी सबैले किन मनाएको त ? अनि हरेक कुरा लाई संगै लगेर जादाँ ‘फेसन र फेन्सी त भइहाल्छ नि!” 

 

तीजका विषयमा गाउने पुराना गीतहरु र अहिलेका गीतहरुका के फरक पाउनुहुन्छ ?
फरक छ पहिलेको गीतमा आमा छोरी र सासु बुहारी, लाई लिएर छोरीले पाएको दु:ख शारीरिक र मानसिक यातना, लाई माइतीमा आएर सुनाउने थियो, तर अहिले भने समाजले हेर्ने दृष्टिकोण भने फरक भएको छ । यसैले गीत पनि फरक धारको छ । अहिले भने चाहीँ अलि फरक छ ।

 

तीज गाउँभन्दा पनि सहर केन्द्रित भएको भन्ने आरोप छ, गीतहरु पनि त्यही अनुसार आउँछन् नी ?
त्यस्तो भन्दा पनि आधुनिकता हो । दर्शकले जे डिमाण गर्नुहुन्छ त्यो दिने हो हामीले पनि सबै गीत शहर केन्द्रित छैनन् गाउँमा सुन्ने खालका गीतहरुपनि छन् नि सुनुहुन्छ सबैले ।

अघिल्लो वर्षको तीजका लागि निकालिएका तीज गीतहरु अर्को तीज आउँदासम्म किन पुराना लाग्छन् ? दिगो हुन नसक्नुको कारण के हो ?

बनारमा गीत धेरै आए । अहिले त जो पनि कलाकार जो पनि गायक गायिका हरेकको घरमा एक जना कलाकार त हुनुहुन्छ होला । पहिला राम्रो मार्मिक र सिमित गीत आउथे भने अहिले आवश्यकता भन्दा बढी आउँछन् । 

 

लोक गायन दुई अर्थ लाग्ने सिर्जना तिर जानुको कारण भाईरल र भिउजको लागि कि पैसा सोर्न बाटो ?
एक त भिउजको लागी पनि हो र अर्को पैसा कै लागी पनि यहाँ मौलिकता भन्दापनि आधुनिकताले बजार पाएको छ जुन गीत हामीले राम्रो भएन स्वभाव दिने खालको भएन भन्छौ त्यही गीत युट्युबको ट्रेन्डीङ वानमा पुगिरहेको हुन्छ । यो भन्दा बढी त के भनौं ?

 

कोरोना महामारीले गीत संगीत क्षेत्रलाई ठूलो असर गरेको छ । यसलाई पुनर्रुत्थान गर्न के गर्नुपर्छ ?
कला संस्कृति जोगाउ , समाजलाई बच्ने र बचाउने तिर लागौं हामीले मौलिकता नजोगाए कसले जोगाउँछ । सबैजना एक जुट भएर एकअर्कोको पेसालाई सम्मान गर्दै अगाडी बढे पक्कै पनि यसलाई राम्रो बनाउन सकिन्छ ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
कोरोनाको माहोल छ सुरक्षित रहनुस् । नेपाली नारीहरूको महान चार्ड “हरितालिका तिजको सबैलाई शुभकामना ।”

 

प्रतिकृया दिनुहोस्