इन्दिरा खनाल । जापान भ्रमणमा रहनु भएका नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माले Asian Bridge International School को बिहिबार अवलोकन गर्नुभएको छ । पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल र नवनिर्वाचित अध्यक्ष रबिन्द्र श्रेष्ठ 'गोर्खाली'लाइ विद्यालय संचालन समितीका अध्यक्ष डा. बलराम श्रेष्ठले स्वागत तथा सम्मान गर्दै बिद्यालयको बारेमा जानकारी गराउनुभएको थियो ।
महासंघका केन्द्रिय अध्यक्ष शर्माले जापानमा अन्तर्राष्ट्रिय बिद्यालयको आवश्यकता, सहजता र आर्थिक श्रोतका विषयमा जिज्ञासा राख्नुभएको थियो । सोही अवसरमा अन्तर्राष्ट्रिय बिद्यालयको महत्व, नेपाल र जापानको शैक्षिक प्रणाली, बिद्यार्थीको सिकाई स्तर र उत्पादित जनशक्तीले बिश्व बजारमा पार्ने प्रभाव लगायतका बिषयमा महत्वपूर्ण छलफल गरीएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ती उत्पादन गर्ने उद्देश्यका साथ २०२५ अप्रीलबाट संचालनमा आएको बिद्यालयले शैक्षिक सहकार्यका लागी अन्य देशका बिद्यालयसंग पनि सहकार्य गर्न लागेको बिद्यालयका सहायक प्रिन्सिपल नारायण कट्टेलले जानकारी दिनुभयो । टोकियोको मुख्य शहर खामीनाकाजातोमा संचालित बिद्यालयले आगामी शैक्षिक सत्रमा कक्षा ५ संचालन गर्ने र निकट भविष्यमै बिश्वविद्यालय संचालन गर्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्थापनाको छोटो समयमै थुप्रै शैक्षिक उपलब्धीहरु हासील गरेको बिद्यालयले आगामी अप्रील ०२६ का लागी नयां भर्ना खुल्ला गरेको र सिट सिमीत रहेकोले सुरक्षित गर्न समेत आह्वान गरेको छ । सोही अवसरमा नेपाल पत्रकार महासंघ जापान शाखाका नवनिर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ लाइ बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो। कार्यक्रममा बिद्यालयका प्रशासन प्रमुख बिगेन राजकर्णिकार प्रमोटर तथा पत्रकार इन्दिरा खनाल, लक्ष्मी पौडेल लगायतको उपस्थीती रहेको थियो ।